फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी ,हेर्नुहोस कसरी ?

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गर्न बिताउँछन्, उति कम उनीहरू विद्यालयको काम गर्न, विद्यालय जान, आफ्नो लवाइखवाइ, आफ्नो परिवार र आफ्नो समग्र जीवनप्रति खुशी हुन्छन् । आफ्नो अनलाइन मित्रताप्रति भने उनीहरू खुशी हुन्छन् ।
सामाजिक सञ्जालमा जम्मा एक घण्टा मात्र बिताउँदा पनि बालबालिकाले जीवनप्रतिको खुशी १४ प्रतिशतले घटाउने अर्थशास्त्रीहरूले पाए । एकल मातापिताका सन्तान हुनुको बेफाइदा र विद्यालय हाप्न मन लाग्नेभन्दा यो तीन गुणा बढी खतरनाक भएको उनीहरूको निष्कर्ष छ ।
यो निष्कर्षले सामाजिक सञ्जालका राम्रा र नराम्रा पक्षसम्बन्धी बहस चर्काउने सम्भावना छ ।सोह्रदेखि २४ वर्ष समूहका ९० प्रतिशतभन्दा बढी व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गर्छन् । धेरै साइटले कम्तीमा १३ वर्ष भनी प्रयोगकर्ताको उमेरहद तोकेपनि कमैले मात्र नियन्त्रणका उपाय अपनाउँछन् ।
हिजोआज त तीनदेखि चार वर्षका बालबालिकाको आफ्नै ट्याब्लेट हुने र सामाजिक सञ्जालमा अकाउन्ट पनि हुने देखिएको छ ।अहिलेका टीनएजरहरू एक हप्तामा टिभी हेर्नुभन्दा करीब साढे तीन घन्टा बढी समय अनलाइनमा बिताउँछन् ।
क्याटेगोरी : विशेष
ट्याग : #फेसबुक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्