Techie IT
सोमबार, वैशाख ८,२०८२

जावलाखेलस्थित तरकारी बजारको ५२ वटा टहराहरुमा डोजर चल्यो


काठमाडौँ, १० साउन । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका तरकारी बजारका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो ।

करिब २० वर्ष अगाडिदेखि सञ्चालित प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो । प्रजिअ जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।

डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए ।

प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई भोलि दिउँसो ४ बजेसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ।

बिहान मात्रै खबर गरेर भत्काउन लागेकोले सामानहरू सकुशल व्‍यवस्थित गर्न नपाएको गुनासो पीडित पसलेहरूको छ । अख्तियारको आदेशपछि पसल तथा टहराहरू भत्काइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।


क्याटेगोरी : विशेष
ट्याग : #डोजर चल्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545