दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, २१ चैत । संघीय संसदअन्तर्गत दुवैको सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय सभामा आज अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने सम्भावित कार्यसूची रहेको छ भने आजको बैठकमा अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको मनोनयन र हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुवै सदनको बैठक, #यस्तो छ सम्भावित कार्यसूची
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्