Techie IT
शनिबार, वैशाख ६,२०८२

यो सरकार आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सरकार धेरै समय टिक्न नसक्ने बताएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै थापाले अहिलेको गठबन्धन सरकार दौडने होइन हिँड्न समेत नसक्ने दाबी गरे ।

उनले भने, ‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन । यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ ।’

नयाँ गठबन्धन सरकार ढलोस् भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले राम्रो गरोस् भन्ने शुभेच्छा राखे पनि सरकार निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्न नसक्ने देखिएको उनको भनाइ छ ।

थापाले सन्देशमा भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा ‘फु‘ गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो। म त्यसो भन्दिनँ। किनकि यो सरकार ढल्न फु पनि गर्नु पर्दैन।’

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

उनले भने, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ ।

एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545