Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनमाथि समूहगत छलफल जारी


काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अहिले प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकमा बुधबार विभिन्न नेताद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको हो ।

मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाका समेटिएको कार्ययोजनासहित पेस गरिएको प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले केन्द्रीय कमिटी बैठक आजबाट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545