हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार बाट प्रसारण हुने

हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट प्रसारण हुने काठमाण्डौं, श्रावण ३ – नेपाली हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो अब उप्रान्त एनटिभी प्लसबाट शनिबार राती ८:३० मा प्रसारण हुने भएको छ ।
कुरा मात्र भो यस अघि प्रत्येक शुक्रबार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो । शनिबार राती ८: ३० देखी कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच ०३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कुरा मात्र भो हालसम्म ११ भाग प्रसारण भई सकेको उनले बताए । जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् ।
निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए ।
साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्य ब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।
कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कुरा मात्र भो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्