Techie IT
आईतबार, वैशाख ७,२०८२

गठबन्धन सरकार आत्मसमर्पणवादी र विदेशीको लागि कम्फरटेबल : ईश्वर पोखरेल


काठमाडौं, २७ माघ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार असक्षम र देश विरोधी भएको बताउनुभएको छ ।

एमाले टोखा वडा नं ४ को दोस्रो वडा अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्नुहुँदै उहाँले सरकार देश विकासको बाधक भएको बताउनुहुदै अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता जोगाउनको लागि जस्तोसुकै राष्ट्रघात र सम्झौता गर्न पछि नपर्ने टिप्पणी गर्नुभयो ।

सरकारले आर्थिक, कूटनीतिक, विकास, सुशासन कुनै पनि क्षेत्रमा पनि नागरिकमा आशा जगाउन नसकेको बताउनुभयो । गठबन्धन सरकार बहुआयामिक रूपमा असफल भएको उहाँको टिप्पणी छ ।

राष्ट्रवादी शक्तिलाई कमजोर बनाएर आत्मसमर्पणवादीले विदेशीको लागि कम्फरटेबल सरकार चलाइरहेका बताउनुभयो । विकास र समृद्धिका सपना देख्नेलाई छेउ लगाएर विकास खानेको हातमा अहिले सत्ताको बागडोर पुगेको भनाई छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अधि बढाउने काम गरेको भए पनि अहिलेको सरकारसँग विकासको कुनै योजना नभएको  टिप्पणी गर्नुभयो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545