Techie IT
बिहीबार, माघ ३,२०८१

बलात्कार मुद्दामा दोषी लामिछानेको सजाय आज तोकिँदै


काठमाडौँ, पुस २५ गते । बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ ।

काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो ।

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Haze
6:54 am5:32 pm +0545