Techie IT
सोमबार, वैशाख ८,२०८२

भानु जयन्तीको अवसरमा बिश्व नेपाली द्धारा सत्यमोहन जोशी अभिनन्दीत


काठमाडौ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले वांगमय सताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा २०६ औं भानु जन्मजयन्ती एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

उक्त अवसरमा संस्थाले वांगमय शताब्दी पुरूष र उहाँकी धर्मपत्नी राधादेवी जोशीलाई समेत अभिनन्दन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि एवम अभिनन्दित व्याक्तित्व जोशीले आफूले भाषा साहित्य र संस्कृतिको लागि सत्प्रयास गरेको बताउंदै जुन सम्मान मैले पाएको छु त्यो भाषा, साहित्य र संस्कृतिले पनि पाएको हो भन्दै संस्थाको समृध्दिको कामना गर्नु भयो साथै उहांले २०६ औं भानुजयन्तीको अवसर पारेर गरेको सम्मानले आफू हर्षित भएको कुरा बताए।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले आदिकविको बिराट व्याक्तित्वको चर्चा गर्दै उहाँले भक्तिधारा मार्फत नेपाली साहित्यमा नयाँ युगको सुरू गरेको एवम भाषिकरूपमा नेपालीहरूलाई एकै सुत्रमा बांधेको कुरा व्यक्त गरे,उहाँले वांगमय सताब्दी पुरूषको भव्य व्याक्तित्वलाई संक्षेपमा उजागर गर्दै उहाँलाई अभिनन्दन गरेर हाम्रो संस्था गौरवान्वित भएको कुरा बताए ।

अभिनन्दनकै शिलशिलामा लेखेको कविता पनि वाचन गर्नु भयो। स्वागत मन्तव्य दिंदै संस्थाकी बरिष्ठ उपाध्यक्ष प्राज्ञ लक्ष्मी उप्रेतीले एउटा तपस्वी साधकको सम्मानका खातिर पानी झरी नभनी पाल्नु हुने साहित्य अनुरागीहरू सवैमा नमन गर्दे हार्दिक आभार प्रकट गरिन । उनले वांगमय सताब्दी पुरूष अझै सय बर्ष बाच्नु सकुन भनेर भगवानसंग प्रार्थना समेत गरिन ।
मन्तव्य दिने क्रममा पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले जोशीलाई एक तीर्थ अनि मन्दिरको रूपमा आफूले पाएको बताए भने पूर्व राजदूत प्रल्हादकुमार प्रसाईले अत्यन्तै प्रतिकूल परिस्थितिमा पनि भाषा, साहित्य र संस्कृतिका खातिर मरिमेट्ने जोशी राष्ट्रका ठूला अन्वेषक रआफैमा सिंगो संस्था भएको कुरा व्यक्त गरे ।

त्यसै गरि सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले जोशीलाई सत्य र निष्ठाका एक अब्बल साधक भनेर चित्रण गरे।
भानु जयन्तीको अवसर पारेर संस्थाले कवि गोष्ठी समेत गरेको छ। कविता वाचन गर्ने कविहरूमा उपाध्यक्ष तेजेन्द्र प्रसाई, सदस्यहरू क्रमस राधिका दाहाल, कल्पना प्रसाई पाठक, अर्चना पौडेल, महेन्द्र गुरूंग एवम बालकवि हिमानी उप्रेती थिए।

यसैगरि संस्थाका कोषाध्यक्ष रीता सिवाकोटी, सह कोषाध्यक्ष विनोद श्रेष्ठ, सदस्य तीर्थराज दाहाल,सदस्यहरू ध्रुब प्रसाई, ध्रुब केसी, पवनकुमार प्रसाई,सीता प्रसाई, सुमित्रा उप्रेती,कमल प्रसाई ,संस्थाकै अर्का वयोबृध्द सदस्य दिलमाया श्रेष्ठ, साहित्य अनुरागी बुध्दिप्रसाद आचार्य,लक्ष्मीलाल महर्जन र बरिष्ठ साहित्यकार ईन्द्रकुमार श्रेष्ठ “सरित”आदिको सक्रिय सहभागिता एवम सारगर्भित उपस्थिति रहेको थियो।

कार्यक्रमलाई संस्थाका सदस्य राधिका दाहालले संचालन गरेका थिए।
कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार किशोर उप्रेतीले आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रमको बिट मारेका थिए।
जोशी निवासमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठाले कार्यक्रम गर्नु अघि वनिता साहित्यिक त्रैमासिक, रमाकृष्ण सृजना प्रतिष्ठान ह्याप्पी किड्स मोन्टेस्वरी होम संस्थाहरूलेपनि वांगमय सताब्दी पुरूष सत्यमोहन जोशीलाई सम्मान तथा अभिनन्दन गरेका थिए।


क्याटेगोरी : विशेष
ट्याग : #विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545