Techie IT
सोमबार, वैशाख ८,२०८२

रौतहट जिल्लामा बाढीले डुबान,माधवकुमार नेपालको घर घर पनि डुब्यो


रौतहट जिल्लामा बाढीले डुबान भएकाे छ । लगातारको झरीपछि बागमती र लालबकैया नदीमा बाढी आएपछि सदरमुकाम गौर जलमग्न भएको हाे ।

सदरमुकाम गौरसहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ ।

बाढी बस्तीमा झण्डै ५ हजार नागरिक विस्थापित भएका छन् । नागरिक रातभरि भोकभोकै र जाग्राम बसेका छन् । १ तला घर हुनेहरू छिमेकी दुई तले घर भएकाहरुकोमा बसेका छन् ।

सदरमुकाम गौरसहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागार डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बागमतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको छ । १० फिट पानी जमेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #बाढीले डुबान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545