नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण
नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगवती चौधरी सवार स्करपियाे गाडीमा आक्रमण भएको हाे।
उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेकाे ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।
आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चाैधरीलाई गृह जिल्ला पठाएको थियो । चाैधरीमाथि कसले किन आक्रमण गर्याे खुल्न सकेकाे छैन । प्रहरीले घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
नेकपा एमालेकाे मध्यपहाडी लाेकमार्ग अभियान अन्तरगत उदयपुरकाे घुर्मीकाे कार्यक्रमसँगै खाेटाङ, भाेजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मकाे अभियानमा सहभागी हुन गएकी चाैधरीलाई साेहि दिन पारिवारिक शाेक समेत परेकाे थियाे । नेतृ चाैधरीका जेठाजू (मुकेश चौधरी) काे ह्दयघातका कारण निधन भएकाे थियाे । दिवंगत चाैधरीकाे आज पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएकाे छ ।
काेशी प्रदेशमा पहिचान पक्षधरहरूले काेशी प्रदेस नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् । एमालेकाे संकल्प यात्रालाई अवराेध गर्न खाेजिएकाे थियाे । साे क्रममा मंगलबार मात्रै गाेपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##breaking news
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्