Techie IT
शुक्रबार, वैशाख ५,२०८२

कहाँ–कस्ताे रहला आजकाे माैसम ?


नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि माैसम सामान्यतया सफा रहेको छ । 

तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आज दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545