Techie IT
सोमबार, वैशाख ८,२०८२

बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडाैं, २१ असार । काठमाडाैंको बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरकाे पछाडि बसेका दीपक थापाको मृत्यु भएको छ ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरकाे पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ठक्कर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545