Techie IT
शनिबार, वैशाख ६,२०८२

सुन, चाँदी नगदसहित पक्राउ


काभ्रे, १९ मंसिर । बिल नभएको सुन, चाँदी र स्रोत नखुलेको नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका-७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।

प्रहरीले विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र २२ हजार भारतीय  रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बरामद सुन र चाँदी जस्तो देखिने धातु, स्रोत नखुलेको नगदसहित विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545