Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा


नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सय कायम भएको छापावाल सुनको मूल्य आज आठ सयले बढेर प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ पुगेको हो ।

नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार कायम भएको छ ।

आइतबार तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सयमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545