Techie IT
शुक्रबार, वैशाख ५,२०८२

हेटौंडास्थित खाद्य संस्थानको कोठाभित्र एक जनाको शव फेला


मकवानपुर, १७ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर २ चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिबार एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५४ बर्षीय पुरुष सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनास्थल मुचुल्कापछि शव हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545