Techie IT
आईतबार, वैशाख ७,२०८२

गोकर्णेश्वरको बजेट १ अर्ब ४४ करोड ,यस्ता छन योजना


असार, काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ ।

नगरसभाको आजको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । 

नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।

नगरपालिका––५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन रु दुई करोड बजेट विनियोजन भएको पनि प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गरिने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिइने छ ।

वाग्द्वारबाट झने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।

नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545