Techie IT
आईतबार, वैशाख ७,२०८२

छिट्टै सही ‘ट्र्याक’ समात्ने छ अर्थतन्त्रले


कोभिड-१९ को विश्वव्यापी संकट, रुस-युक्रेन युद्ध र इजरायल र प्यालेस्टाइनबीचको संघर्ष लगायतका कारण अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । सानो अर्थतन्त्र भएको नेपाल पनि यसबाट अछुतो छैन । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ।

बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैब दबाबमा रहिरहेको छ । त्यसमाथि पूँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ । सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ । मुलुकसँग यतिबेला दश महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति छ । यो सुखद कुरा पनि हो । यसो भएतापनि अर्थतन्त्रका धेरै परिसूचकहरू अझै पनि पूर्णतः जोखिम मुक्त भइसकेका छैनन् । यस्तो परिस्थितिमा सरकार, निजी क्षेत्र र सेजन लगायतका संस्थाहरू एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्व र सबलीकरणका लागि रचनात्मक संवाद र सहकार्य गर्दै अघि बढ्नुपर्ने स्थिति छ।

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर छ र सुधारका लागि यथासम्भव प्रयास गरिरहेको छ ।

बाह्य क्षेत्र सुधार भइरहँदा यतिबेला आन्तरिक अर्थतन्त्र सुधारको विषयलाई प्राथमिकतामा राखी अघि बढाउनुपर्ने खाँचो छ। उच्च ब्याजदर, घट्दो माग, पूँजीबजार र घरजग्गामा छाएको मन्दी लगायतका समस्या निजी क्षेत्रले बारम्बार उठाइरहेको छ । अर्थतन्त्रमा देखिएका यी सबै समस्या समाधानमा सरकार गम्भीर छ र सुधारका लागि यथासम्भव प्रयास गरिरहेको छ । सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पूँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदमहरू चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका संकेत देखिन पनि थालेका छन् । निजी क्षेत्रले उठाएका अन्य विषयको सम्बोधनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले पनि चासो लिनु भई उहाँहरूसँग नियमित छलफल गरी सुधारका लागि हरसम्भव प्रयत्न गरिरहनु भएको छ । सरकारले देखाएको सक्रियताका कारण निजी क्षेत्र पनि विश्वस्त हुने अवस्थामा पुगेको छ।

वर्तमान सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध छ । यसका लागि सरकारले निजीक्षेत्र मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको छ । अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारहरू


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545