बिनाअनुमतिका हेन्ड सेट बरामद

जोमसोम : मुस्ताङ प्रहरीले बिना अनुमतिपत्र ल्याइएका वाउफिङ कम्पनीका १० थान हेन्डसेट (सञ्चार उपकरण) बरामद गरेको छ। म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट बिना अनुमतिका हेन्डसेट बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याइएका बिनाअनुमति पत्रका १० थान हेन्ड सेट बरामद भएको बताए।
भारतबाट हिमालय बुलेट, कावासाकी र डुक कम्पनीको १० मोटरसाइकलमा यात्रा गर्दै आएका भारतीय पर्यटकको हेन्टसेट बरामद भई जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई प्राप्त भएको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे। मोटरसाइकलमा सुवाराङ, डटर्सर सुरुकार्य, मदससिंह र वसुमाता रायलगायत १० भारतीय छन्।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्