Techie IT
आईतबार, वैशाख ७,२०८२

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा


१४ मंसिर, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले १७ करोड २१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गर्नेछ । कम्पनीको लाभांश गत वर्षको तुलनामा घटेको हो ।

गत आर्थिक वर्ष १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । फर्स्ट माइक्रोफाइनान्ससहित ७ माइक्रोफाइनान्सले हालसम्म लाभांश घोषण गरेका छन् ।

यसअघि धौलागिरि, सपोर्ट, एनआईसी एसिया, स्वाबलम्बन, आरएसडीसी र युनिक नेपाल लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545