Techie IT
सोमबार, वैशाख ८,२०८२

युवतीलाई यातना दिने ‘धर्ती माता’ बालाजुबाट पक्राउ


काठमाडौँ । एक साताअघि सर्वसाधारणको भिडका बीचमा युवतीलाई यातना दिएकी  ‘धर्ती माता’ पक्राउ परेकी छिन् ।

उक्त महिलालले सर्वसाधारणको भिडमा युवतीलाई यातना दिएको भिडियो भाईरल भएपछि सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेको थियो । तर, प्रहरीले पीडित युवतिलाई भने भेटेको छैन । प्रहरीले भने धर्ती माताविरुद्ध उजुरी गर्न भनेको छ । 

भद्रकाली मन्दिरमा आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने उक्त महिलालाई काठमाडौँ प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #धर्ती माता’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545