ज्ञानी छोरो म ,नामक बाल गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । चर्चित बालकलाकार सचिन परियारले अभिनय गरेको बाल गीत सार्वजनिक भएको छ।
“ज्ञानी छोरो म “नामको बालगीत बिष्णु मायाँ पाैडेल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो। आरबी केसीले निर्माण/निर्देशन गरेको उत्त गितमा बालगायक विशेष न्यौपाने ,बालगायिका आयुश्मा थापाले स्वर दिनुका साथै अभिनय रहेको छ।
लोकप्रिय गायिका बिष्णुमायाको पौडेल र आरबी केसीको स्वर समेत रहेकोछ। कोरियोग्राफर भने दिनेश पाख्रीनले गरेकाछन।गायिका पौडेललाई सचिन परियारसग भिडियोमा देख्न सकिन्छ ।मुख्य कलाकारमा सचिन परियार र अबिप्सा लम्साल देख्न सकिन्छ ।
ममता बजगाई,टीका दुलाल,मिङमा तामाङ र दिल बहादुर थापाले आमाबुबाको भुमिकामा आफ्नो कला प्रस्तुत गरेका छन।खासगरी अधिकाम्स सुटिङ सातदोबाटो स्थित चुडामणि दाहालको घरमा गरिएको भएपनी ज्ञानकुन्ज विद्यालय,तक्षशिला विद्यालयका बिद्यार्थी र गुरुहरुलाई समेत देखाइएको छ। उदाउदै गरेको सुर्यको तस्बिर भने चितवनबाट लिएको दृश्य समाबेश गरिएकोछ।गीतको शब्द,लय मन छुने खालको छ ।
बालबालिकालाई संस्कारको साथमा कर्म गर्न सिकाइएको छ।लामो समयको बिचमा ल्याएको यस्तो बालगीतले बालबालिका अभिभावक र गुरुको भावना समेटेको छ।यस गीतलाई आम दर्शकले रुचाउँछन् भन्ने बिश्वास निर्माणपक्षले लिएकोछ।शब्द चुडामणि दाहालको रहेको छ भने संगीत बिष्णुमाया पौडेलको गरेकी हुन । भने थेगो आरबी केसीको रहेको छ। गितको रेकर्ड Wave recording स्टुडियोमा गरिएको थियो,एरेन्जर रामकृष्ण थापा,मास्टरिङ/मिक्सिङ नरेन्द्र बियोगीले गरेका हुन भने भिडियो इडिटिङ/कलरिङ टेकेन्द्र शाहले गरेका छन। गीत भिडियो निर्माणमा काठमाडौ वल्ड स्कुल ,भक्तपुर र प्रभु इन्स्योरेन्सले सपोर्ट गरेको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्