Techie IT
बुधबार, माघ २३,२०८१

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर फर्किँदै गरेका नेपालीलाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #करेन्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545