मिस एण्ड मिसेस जनजातीको ट्यालेण्ट राउण्ड सम्पन्न्न’,फिनाले आउदो २० गते

काठमाडौं, ०९ असार – राजधानीको दरवारमार्गस्थित माला आर्टस एकेडेमीमा मिसेस एण्ड मिस जनजातीको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विभिन्न जनजाती समुदायका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी आयोजना गरिएको वृहत यस कार्यक्रमको पछिल्लो तथा महत्वपुर्ण राउण्ड अन्तर्गत प्रतियोगीहरुले आफनो प्रतिभ प्रदर्शन गरेका थिए ।
चर्चित नायक सरोज खनालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, मौलीक तथा आफना पहिचान लगायतका प्रतिभा प्रर्दशन गरेका थिए ।
कोरियोग्राफर केशव थापा, महिला स्पा व्यबसायी सुशिला थापा, कोरियोगाफर राधा ठाकुर तमु ह्योलाका उपाध्यक्ष हरि माया गुरुगं, मिसेस गुरुगं सुमना गुरुगं तथा गीतकार अशोक कुमार तामागंले निर्णायकको भूुमिका निर्वाह गरेका थिए ‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस के ईन्टरटेनमेन्टले “मिसेस जनजाती–२०१९ सिजन -१” को आयोजना गर्न लागेको हो ।
यहि आउदो २० गते राष्टिय नाचघरमा फाईनल कार्यक्रम सम्पन्न हुने आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङले बताईन ।
आयोजक संस्था एस के ईन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा नायिका शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी,जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।
प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मिस एण्ड मिसेस जनजाती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्