Techie IT
शनिबार, वैशाख ६,२०८२

विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित


काठमाण्डाै – घरेलु टोली भारत आईसीसी विश्व कप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो ।

नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ रन बनाए । भारतका कुलदीप यादव, रविन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले समान २ विकेट लिए ।

त्यस्तै, विराट कोहली र रोहित शर्माले एक/एक विकेट लिए । भारतले नेदरल्यान्ड्ससँगको खेलमा आफ्ना ९ खेलाडीलाई बलिङ गरायो । त्यसअघि बेङ्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो ।

भारतका श्रेयस ऐर सर्वाधिक १ सय २८ रनमा अविजित रहे । लोकेश राहुल १ सय २ रनमा आउट भए । रोहित शर्मा ६१, शुभमन गिल र विराट कोहली ५१ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डी लिडले २ तथा रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक/एक विकेट लिए ।

भारतले पहिलो सेमिफाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा नोभेम्बर १६ तारिखमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #विश्व कप क्रिकेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545