Techie IT
आईतबार, वैशाख ७,२०८२

ग्यास सिलिण्डर पड्किँदा तीन वटा होटेल जले


जनकपुर, ५ असार । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन वटा होटेल जलेका छन ।

कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउका अन्य दुईओटा होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

होटेलभित्र एकैठाउँमा राखिएको ९ ओटा खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #ग्यास सिलिण्डर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545