राहतको पखाईमा दार्मावासी भूकम्प पीडित

सल्यान । सल्यान दार्मा गाउँपालिका २ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर, नजाऊ अन्नपात देखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।
गत शुक्रबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परि खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि बस्न बाध्य छ । राति भएपनी कसरी बाँचियो थाहा छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ ।उहाँले भन्नू भयो साना छोराछोरी छन् । बाहिर सुती राहेका छौँ, छोराछोरीले जाडो भयो घर भित्र जाऔँ भन्छन् । घर भत्किन्छ की भन्ने डरले त्रिपाल मुनी रात काट्न बाध्य छौ ।
त्रिपाल भित्र बस्दा बिहान सिरक सितले भिज्ने गरेको उहाँको भनाई छ । सितले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरी त्यही ओढ्ने गरेको खत्रीले बताउनु भयो । घर भत्किएको तीन दिन भइसक्दा समेत एक त्रिपाल बाहेक अरू केही नपाएको उहाँको गुनासो छ । घरभित्र अन्नपात भएपनि केही अन्नपात परिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाई छ ।
खत्री जस्तै टेक बहादुर के सी को परिवार पनि खुला आकाश मुनि बस्दै आइरहेको छ । ५ लाख ऋण काडेर २ वर्ष पहिले बनाएको घर भूकम्पले पुरै भत्काए पछि उहाँ अहिले घरबार विहीन हुनु भएको छ । पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर पूर्ण रूपमा भत्काइ दिए पछि त्रिपाल मुनि बस्नु परि रहेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौँ की ऋण तिर्ने पैसा खोज्नु ।’
यस्तै लिला खत्रीका तीन वटै घर भूकम्पले भत्काइदिएको छ । भएका तीन वटै घर भूकम्पबाट भत्काएपछि उहाँको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पिडा जस्तो अरू के होला र उहाँले भन्नु भयो । खुला आकाशमा बस्नुको पिडा त छदै छ त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन समेत थालेको छ । उहाँले भन्नु भयो खाइनखाइ घर बनाइयो तर सबै भूकम्पले लडाइ हाल्यो अब कसको सरनमा गएर बस्ने ।
दार्माका चार सय बढी घर परिवार खुला आकाशमा बस्न बाध्य छन् । मानवीय क्षति नभए पनि भौतिक क्षति भने जाजरकोट र रुकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सीले बताउनु भयो । दार्माका १,२,५ र ६ वडामा बढी क्षति भएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ । भौतिक क्षतिको विवरण जाजरकोट र रुकुम मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ ।
भूकम्प गएको ४ दिन भई सक्दा समेत रेडक्रस बाहेक कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नु भयो । पालिकाको स्रोतअनुसार पीडितको घरमा गएर सान्त्वना दिने काम मात्र भइरहेको उहाँको भनाइ छ ।
यता कर्णाली प्रदेशले दार्माका लागि आवश्यक राहत सामाग्री पठाइ सकेको जनाएको छ । सुर्खेतबाट पठाएको राहत सामाग्री मङ्गलवार राती दार्मा पालिकामा पुगी सकेको र नेपालगञ्जबाट पनि आजै सामान पुग्ने कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प पीडित, #राहतको पखाईमा दार्मावासी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्