Techie IT
सोमबार, वैशाख ८,२०८२

भूकम्प पीडितलाई राप्तीसोनारी गाउँपालिकाको तीन लाख पचास हजार सहयोग


बाँके । गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट प्रभावितहरूका लागी राप्तीसोनारी गाउँपालिकाले ३ लाख ५० हजार सहयोग गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले हिजो बसेको बिपद व्यवस्थापन समितिको बैठकमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अध्यक्ष पौडेलले विपतको बेला सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागी सहयोगार्थ ३ लाख ५० हजार सहयोग उपलब्ध गराएको बताउनुभयो । प्राकृतिक प्रकोपबाट जुधिरहेका प्रभावित क्षेत्रका बासिन्दालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाले पनि सहयोग गरेको गाउँपालिका अध्यक्ष पौडेलको भनाइ छ ।

प्राकृतिक विपद्ले निम्त्याएको प्रकोपबाट भएको धनजनप्रति राप्तीसोनारी गाउँपालिका मर्माहत भएको छ अध्यक्षले भने‘दुखद यस घडीमा प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सहयोग र सहकार्यका लागि राप्तीसोनारी गाउँपालिका सँगै रहेको जानकारी गराउँछु ।

त्यस्तै गाउँपालिकाले भूकम्पबाट प्रभावित जाजरकोट जिल्लाका नागरिकहरूको लागि एक लाखको औषधि, एक लाखको खाद्यान्न तथा २० थान त्रीपाल र २० थान ब्लान्केट साथै एकजना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा सहयोगको लागि पठाइएको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प पीडित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545