Techie IT
आईतबार, वैशाख ७,२०८२

रिगल ढकालको आफमाफी विरुद्धको रिटमा आदेश आज नआउने


काठमाडौं, १५ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा आज आदेश नआउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडाल रहेको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको उक्त रिटमा भोलिमात्रै आदेश आउने बताइएको छ ।

व्यक्ति हत्या अभियोग पुष्टि भएर जेल सजाय काटिरहेका रिगललाई नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । उनको आममाफीले राष्ट्रपति पौडेलसमेत विवादमा तानिएका छन् ।

रिगलले नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । व्यक्ति हत्याको अपराधीलाई आममाफी दिइएको भन्दै चेतनकी श्रीमती सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेकी थिईन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545