Techie IT
शनिबार, वैशाख ६,२०८२

शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र वाह्य शक्ति रहेको बताउनुभयो । उहाँले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताउनुभयो । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सिमित भएकाले यसको विकास हुन नसकेको बतउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545