७० बर्षिय वृद्धाको हत्यामा संलग्न धादिङका मंगल गुरुङ कारागार चलान

गाउँपालिका–४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
धादिङ जिल्ला अदालतको थुनछेक आदेशले प्रतिवादी गुरुङलाई पुर्पक्षका लागि कारागार कार्यालय धादिङमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार टाउको, घुच्चुक, अनुहारको बायाँ भाग, गर्धनको बायाँ भाग र शरीरका विभिन्न भाग समेतमा पटक–पटक धारिलो हरियार प्रहार गरी १३ असोजमा निर्ममतापूर्वक हत्या भएको थियो । हत्या स्वीकार गरेका गुरुङ सुकमायाका भतिजा नाता पर्ने व्यक्ति हुन् ।
नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेस्थित घरनजिकैबाट गोठमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको थिए ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, देश परदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्