Techie IT
बुधबार, माघ २३,२०८१

अन्तिममा बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ६९ करोड ४२ लाखमा खुम्चियो


समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर सम्हालिएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।

कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ । कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चियो । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।

होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंक घटे । बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह भने २१ अंक बढे ।

पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो ।


क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Fair
6:46 am5:49 pm +0545