Techie IT
बुधबार, माघ २३,२०८१

रेकर्ड मूल्यबाट तल झर्‍यो सुनको मूल्य


१३ कात्तिक, काठमाडौं । सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आजका लागि तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : banner, bannernews, भिडियो, समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545