शान्ति प्रक्रियाका बाँकी कामका नाममा राष्ट्रसंघलाई राजनीतिमा निम्त्याउनु घातक: एमाले नेता रिजाल

काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले ‘शान्ति प्रक्रियाका बाँकी काम’ का नाममा राष्ट्रसंघलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई विदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको अनुभव रहेको उल्लेख गरेका छन् ।
‘प्रकिया लम्ब्याउने, कर्मचारीले आफ्नो आय-आर्जनलाई मुख्य ध्यान दिने, अर्कै ठाउँका सन्दर्भमा बनेको म्यानुअललाई जबर्जस्ती लागू गर्न खोज्ने र समस्यालाई थप जटिल बनाउने काम मात्र हुन्छ ।’ नेता रिजालले भनेका छन्, ‘अतः सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर हामी आफैंले गर्ने हो, विदेशीले आएर हामीलाई कहाँनेर दुख्यो भन्ने थाहा पाउँदैन । मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोशिस गरे पनि समस्या समाधान हुन्न ।’
यसअघि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन नसकेको बताएका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले प्रचण्डका कारण शान्ति प्रक्रिया टुंगिन नसकेको बताएका हुन् ।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंगाउन चाहेको धारणा राखेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कठिन देखिएको आलीको धारणा रहेको ज्ञवालीको भनाइ थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #विष्णु रिजाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्