Techie IT
शुक्रबार, चैत्र २८,२०८१

ललितपुरमा करेन्ट लगाएर माछा मार्न खोज्दा १ जनाको मृत्यु


काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् । पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्र्रहरीलाई बताएका छन् । सँगै माछा मार्न गएका २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545