Techie IT
बुधबार, माघ २३,२०८१

काठमाडौ-तुम्लिङटारको भाडा घटाउन बुद्धएयरलाई ज्ञापनपत्र

निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको युवाहरुको आरोप


खांदबारी । चार्डपर्वका बेला उडान नथपेको र भाडा नघटाएको भन्दै संखुवासभा खाँदवारीका युवाहरुले बुद्ध एयर  तुम्लिङटारमा ज्ञापनपत्र बुझाएका छन् । निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दशै जस्ता चार्डपर्वमा पनि हवाई भाडा नघटाएको र यात्रुको चाप हुँदा पनि उडान नथपेको भन्दै खांदबारी युथ क्लबका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

बुद्ध एयरको तुम्लिङटार कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनीहरुले निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको आरोप लगाएका छन् ।  बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरुसंग मनोमानी ढंगले भाडा उठाएको उनीहरुले गुनासो गरेका छन् । दशै जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको खाँदबारी युथ क्लबका महासचिब सुरेन शाक्यले बताउनुभयो ।

बुद्ध एयरले काठमाण्डौ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ ।


क्याटेगोरी : विशेष, समाचार, समाज
ट्याग : #hot, #खांदबारी युथ क्लब, #बुद्ध एयर, #भाडादर, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545