Techie IT
मंगलबार, वैशाख ९,२०८२

राजशान्तिको प्रस्तुति ‘सुन्दरबजार कटेसी कुन्छा’ गीत सार्वजनिक


१ कात्तिक, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका ९ फुलबारी भोटेओडार घर भई बेलायत निवासी राजकुमार सुनार र शान्ति सुनारको प्रस्तुति ‘सुन्दरबजार कटेसी कुन्छा’ गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो असोज ३० गते मंगलबार बिबेक धिताल नाम युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा शब्द, संगीत बिबेक धितालको छ । एरेन्ज बि.बि. अनुरागी, रेकर्डिष्ट कमल थापा, गोबिन्द अनेक छन् ।
गीतमा बिबेक धिताल र रेजिना परियारको स्वर छ । कोरियोग्राफी, भिडियो निर्देशन उमेश गुरुङको, छायांकन शम्भु चालिसे, श्रृंगार राजकुमार गुरुङ, सम्पादन रोशन धितालको छ । श्रृष्टी सुनार, साईमन राना, सजिता सुनार, रुपेशराज सुनारको व्यवस्थापन रेहको म्युजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे, अनुस्का भण्डारी र साथीहरुको अभिनय रहेको छ ।
दृश्य निर्माण क्वालिटी फिल्मस् नेपालले गरेको निर्माता राजकुमार सुनारले बताए । उक्त म्युजिक भिडियो लमजुङमा छायांकन गरिएको छ । ड्रोनबाट भिडियो लिएको उनले बताए । लमजुङको प्रचारप्रसार गर्नका लागि भिडियो निर्माण गरिएको निर्माण युनिटले जनाएको छ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545