Techie IT
शनिबार, वैशाख ६,२०८२

युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं : युएईले नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत मूलपानी रंगशालामा भइरहेको टी-२०आई खेलमा युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको हो।टस हारेर ब्याटिङ गरेको युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक-एक विकेट लिए।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545