मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बानिया र युष्णा दृष्टि मगरलाई

काठमाण्डौं । मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बाँनिया र युष्णा दृष्टि मगरले जितेका छन् । एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को मिस्टर र मिस क्याटेगोरीमा बाँनिया र मगरले शिर्ष उपाधी हात पार्दा बिराज परियल र सलिना तामाङ फर्स्ट रनर अप, लक्षु श्रेष्ठ र झरना अधिकारी सेकेण्ड रनर अप बन्न सफल भए ।
प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ पासाङ शेर्पा र रिकिशा खड्का विजयी रहदा आयोजक छनोटतर्फ बिशाल तामाङ र अर्जिशा थापा उत्कृष्ट बने । जसमा अन्जिला महर्जनले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन ।
प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबर र एआईटिममा अध्ययन छात्रवृत्ति प्राप्त गर्ने आयोजक संस्थाका प्रमुख रोविन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उनका अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट ७५ सय को एक हप्ते कपाल र छाला मास्टर क्लास, माईलस्टोन डान्स स्टुडियोमा निशुल्क डान्स क्लास र नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्