Techie IT
शनिबार, वैशाख ६,२०८२

२४२ घरको संयुक्त जमरा


नुवाकोट : नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ । तर, नुवाकोटस्थित वेलकोटगढीको निरञ्जना गाउँ, जसले छुवाछुत नियन्त्रणमा अलग्गै पहिचान बनाएको छ

२१औं शताब्दीमा कतिपय ग्रामीण समाजमा अझै जातीय छुवाछुत र भेदभाव हुने गरेको पाइए पनि नुवाकोटको पूर्वी भेग वेलकोटगढी धार्मिक सहिष्णुताको नमूना बन्दै गएको छ । उँचो तथा निँचो जातको भेदभाव नभइ सवै मिलेर एकै स्थानमा धार्मिक कार्य गरिँदा नुवाकोटको यस नमूना कार्यले स्वदेशमा मात्र नभइ अन्यत्रसमेत चर्चा बटुल्दै गएको छ ।

नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यस वर्ष वडादसैंंका लागि दलित र ब्राम्हण समुदायको जमरा एकै स्थानमा राखिएको छ । सदियौंदेखिको दलित र ब्राम्हण समुदायको पानी नचल्ने परम्परा तोड्दै नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीे मन्दिरमा घटस्थापनाको दिन सामूहिक जमरा राखिएको हो ।

सामूहिक जमरा राख्ने परम्परालार्ई स्थानीय ब्राम्हण, क्षेत्री, नेवार, मगर, घर्ती, जनजाति तथा दलित समुदायका मिजार, बिक, दमाई, तथा नेपालीका परिवारले निरन्तरता दिएका हुन् । नुवाकोटबाटै नेपाल एकीकरणको सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालार्ई यसपटक वेलकोट र आसपासका २ सय ४२ घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको निरञ्जना भगवती मन्दिरका मूल पुरोहित नरनाथ पौडेलले बताए । ३२ वर्षदेखि मूल पुरोहितको रूपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा २ सय ४२ वर्षभन्दा अघिदेखि सामूहिक रूपमा जमरा राखिँदै आएको छ ।


क्याटेगोरी : विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545