कोसीमा भत्कियो गठबन्धन : एमाले र कांग्रेसको सरकार,मुख्यमन्त्रीले गरे दुई मन्त्री नियुक्त
विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
कार्कीले नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन्। उनीहरू दुवैजनाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।
कार्की कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि कार्की आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहबाट कार्की मुख्यमन्त्री बनेका हुन्।
वर्तमान गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेका थियो। तर,कोइराला समूहले एमालेसँग मिलेर कार्कीलाई अघि सारेपछि गठबन्धनका उम्मेदवार मुख्यमन्त्री हुनबाट बञ्चित भएका थिए।
शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र कोइरालाबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराएपछि गठबन्धनभित्र हलचल पैदा भएको छ।
संविधानको उपधारा ५ बमोजिम वहुमत पुर्याउन सक्ने कुनैपनि दलका सांसदलाई मुख्यमन्त्री बन्नसक्ने संविधानको व्यवस्था अनुसार कार्की कांग्रेसक ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते राजीनामा दिएका थिए । त्यसपछि २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठन आह्वान भएककोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्
क्याटेगोरी : bannernews, राजनीति, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्