Techie IT
बुधबार, माघ २३,२०८१

नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार जित


काठमाडौं । नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो । बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाए ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।


क्याटेगोरी : bannernews, खेलकुद, समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545