Techie IT
आईतबार, वैशाख ७,२०८२

युद्धग्रस्त इजरायलबाट २५४ जना नेपालीलाई आज स्वदेश ल्याइँदै


काठमाडौं, २५ असोज । युद्वग्रस्त इजरायलबाट पहिलो चरणमा विद्यार्थी र आक्रमणमा परी घाइते भएका नेपालीलाई आज बिहीबार स्वदेश ल्याइँदैछ ।

इजरायल र हमास समूहबीचको युद्ध जारी रहने भएपछि पहिलो चरणमा २ सय ४५ जनालाई स्वदेश ल्याउन लागिएको हो ।

विद्यार्थी ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त जहाज आज राति ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव भने पछि ल्याइने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545