Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशन: आज निर्वाचन हुँदै


काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ ।

निर्वाचन कमिटीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान प्रकाशन गरिने र उम्मेदवारको नाम फिर्ता लिन दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन कार्यतालिका अनुसार आजै अन्तिम नामावली प्रकाशन हुने र मतदानको समय साँझ ५ बजेलाई तोकिएको छ ।

प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिना सहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएको बुझिएको छ ।

एमाले सुदुरपश्चिम


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #एमाले सुदुरपश्चिम प्रदेश अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545