Techie IT
आईतबार, वैशाख ७,२०८२

कैँदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास


गाजा I कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबिच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ ।

 

 

“अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धवन्दी) को रिहाइ गरिएमा हमासद्वारा कब्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,” नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो ।

 

स्रोतले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ ।

हमासले शनिवार गाजा पट्टीसँग जोडिएको इजरायली सहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।

आक्रमणका क्रममा हमासका लडाकुले गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका थिए ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको छ भने दुई हजार ३00 भन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले इजरायलमा मृत्यु हुनेको सङ्ख्या ७00 पुगेको जनाएको छ


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545