बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५१ मा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४।३ तथा १२ः२३ मा चैनपुर नै केन्द्रबिन्दु भएर ३।९ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत मंगलबार दिउँसो २ः४० बजे बझाङकै तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोही दिन ३ बजेर ६ मिनेट जाँदा चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। लगत्तै, ३ः१३ मा चैनपुरै केन्द्रबिन्दु भई ५.१ रेक्टर स्केल, ३ः४५ मा सुरमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
मंगलबारको भूकम्पमा परेर बझाङमा एक जनाको ज्यान गएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए। यस्तै १३५ घरमा क्षति पुगेको थियो।
केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय जोखिमको क्षेत्र रहेकाले जुनसुकै वेला पनि भूकम्प जानसक्ने बताउँछन्। “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,” उनले भने।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्