गण्डकी अधिवेशनमा प्यानलगत उम्मेदवारी छैन : एमाले सचिव बिष्ट
कास्की । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ ।
उहाँले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उम्मेदवारी दिनुभएको बताउनुभएको । बिष्टले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रश्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताउनु भयो । उहाँले सहमतिको प्रयास आफूहरुले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताउनु भयो । उहाँले अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको बताउनु भयो । उहाँले जिम्मेवारीका बेलामा धेरै आकंक्षीहरुको बीचमा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको बताउनु भयो ।
त्यस्तै अध्यक्ष पदका प्रत्यासी मायानाथ अधिकारीले कार्यकता र नेताहरुले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताउनु भयो । उहाँले आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरेपनि सफल हुन नसकेको बताउनु भयो । उहाँले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताएपनि सफल हुन नसकेको उल्लेख गर्नुभयो ।
त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल संगठको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताउनु भयो । उहाँले यसलाई नेताहरुसँग जोडेर बुझ्न नहुने बताउनु भयो । उहाँले सहमतिको निम्ति प्रयत्न गरेपनि सफल हुन नसकेको बताउनु भयो ।
अध्यक्षका प्रत्यासी शर्माले सबैको मन नमिलेसम्म सहमति हुन नसक्ने भन्दै उम्मेदवारहरुबीच चाहना व्यक्त भएको कुरालाई स्वभाविक मान्नुपर्ने बताउनु भयो । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्मा र अधिकारीको उम्मेदवारी परेको छ । हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । मिनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन् ।
सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण बिष्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्