Techie IT
शनिबार, वैशाख ६,२०८२

सवारी दुर्घटनामा शिक्षकको मृत्यु


बुधवार राति बरालले चलाएको लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा रहेको लु २ ख १५०८ नम्बरको टिप्परमा ठोकिएको इलाका प्रहरी कार्यालय पीपराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बरालको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा रेफर गरिएको थियो । कपिलवस्तु अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ ।

बराल अमेरिकाबाट नेपाल फर्किएर ६ वर्षदेखि शिक्षण पेसा गर्दै आउनुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य तथा शिक्षा विभाग प्रमुख समेत हुनुहुन्थ्यो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545