Techie IT
सोमबार, वैशाख ८,२०८२

समुदाय प्रहरी तारकेश्वर समितिको दोस्रो बैठक सम्पन्न


पुकार तिमलसिना

तारकेश्वर काठमाडौ । नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ।

यसै बिच समुदाय प्रहरी तारकेश्वर समितिको बैठक आज बसेको छ । समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको अध्यक्षतामा सम्पन्न भएको सो बैठमा नगर स्तरीय शान्ति सुरक्षाका बिषयमा छलफल गरिएको छ ।

समुदाय प्रहरी तारकेश्वर समितिको दोस्रो बैठक

बैठकमा बालाजु प्रहरीका प्रमुख बाल नरसीहं राणाले समदायको सहयोगमा बालाजु प्रहरीले शान्ति शुरक्षामा प्रभावकारी भुमीका खेलेको एवं लेभल बेस अनुसार घटना न्यूनिकरण गर्ने सफल रहेको बताए ।

समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन वडा समितिहरुलाई सक्रिय बनाउन पर्ने एवं जनचेतनामुलक कार्यक्रम गरिनु पर्ने बताए ।


सोही कार्यक्रम अन्र्तगत बिगतमा तालिम , बिभिन्न बिध्यालयहरुमा अन्र्तक्रिया , नगरभित्रका औषधी ब्यवसायहरुसंग लागु ओषध सम्बन्धि अन्र्तक्रिया समेत सम्पन्न गरेको बताए ।

बैठकमा अपराधमुक्त नगर बनाउन बिभिन्न योजना समेत बनाइएको बालाजु प्रहरीका प्रमुख बाल नरसीहं राणाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #समुदाय प्रहरी तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545