जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, ९ असोज । काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिक-(२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्